बढ्याे तोलामा १६ सय रुपैयाँले सुनको भाउ

spot_img

काठमाडौं, २४ माघ । सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा २२ सय बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मूल्यवृद्धिले एकैपटक सुनको मूल्यलाई प्रभाव पारिरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय