सुनचाँदीको मूल्य बढ्यो

spot_img

काठमाडौँ,०१ फाल्गुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय