बढ्यो सुनको मूल्य

spot_img

काठमाडौं, ०८ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँले र चाँदीमा १० रुपैयाँले बढेको छ ।

बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आज एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय