spot_img

मुगुको रारामा आगलागी, २ करोडबढीको क्षति

spot_img
spot_img

काठमाडौं, १५ फागुन । मुगुको रारा तालको किनारिस्थत एक होटेलमा आगलागी हुँदा अन्य पाँचवटा भवन जलेर नष्ट भएको छ । काठै काठको संरचनाले बनेका र टिनले छाएको भवनमा आगोले क्षति पु¥याएको बताईएको छ । ।

आगलागीबाट २ करोड ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक अच्युतराज आचार्यले जाकारी दिएका छन्र । उनका अनुसार टिनले छाएको चारवटा काठैकाठको घरको ६० लाख, ती घरमा राखिएको पेय पदार्थ १० लाख, लत्ताकपडा ३० लाख, सुनको ४२ लाख ७५ हजार, फर्निचर २० लाख, भाडावर्तन १० लाख खाद्यान्न पाँच लाख, नगद ३ लाख ५० हजार, टेण्ट २ लाख बराबरको जलेर नष्ट भएको छ ।

आगोमा जलेर होटलका मालिक गोपाल बम र कुक जगत थापा मगर पनि घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य नै रहेको प्रहरी निरीक्षक आचार्यले बताए । आगोमा जलेर तीनवटा कुकुर पनि मरेको छ । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायतका संयुक्त टोलीले आगलागी नियन्त्रणमा लिईएको बताईएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय