आज राति आकाशमा सात ग्रहको दुर्लभ परेड, सौर्यमण्डलका सबै प्रमुख ग्रह एकैसाथ देखिने

spot_img

आज राति, काठमाडौंसहित देशभरका आकाशमा एक दुर्लभ खगोलीय दृश्य देखा पर्ने छ । खगोलशास्त्रीहरूका अनुसार, आज राति सूर्यास्तपछि आकाशमा सात ओटै ग्रह एकैसाथ देखिनेछन्। मौसम सफा रहेमा यो दृश्य पृथ्वीका अधिकांश स्थानबाट स्पष्ट रूपमा देख्न सकिनेछ। बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण गरी सौर्यमण्डलका सात प्रमुख ग्रह एकसाथ पङ्क्तिबद्ध हुँदै आकाशमा देखिनेछन्। यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नहुने तर केही घुमाउरो रूपमा लामबद्ध भएर देखा पर्ने छन् ।

कसरी हेर्न सकिन्छ?

उज्याला ग्रहहरू जस्तै बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहहरूलाई नाङ्गो आँखाले नै सजिलै देख्न सकिन्छ । यी ग्रहहरूको चमक निकै तेज हुने कारण इनलाई पृथ्वीबाट स्पष्ट रूपले देख्न सकिन्छ। तथापि, अरुण र वरुण ग्रहहरू थोरै धमिलो देखिने भएकाले तिनीहरूलाई राम्रोसँग हेर्नको लागि टेलिस्कोपको प्रयोग गर्नुपर्नेछ ।

ग्रहहरूको परेड सुरु भएको समय र आगामी १५ वर्षको प्रत्याशा

यस दुर्लभ खगोलीय घटनाले खगोलशास्त्रमा नयाँ रोचकता थपेको छ । गत जनवरी १८ देखि आकाशमा ग्रहहरूको परेड सुरु भएको थियो, र आज भने सबै ग्रह एकैपटक पङ्क्तिबद्ध भएर देखिन लागेका छन् । यी ग्रहहरू सबै सौर्यमण्डलका सदस्य हुन् र सूर्यको परिक्रमा गर्दैछन् । सूर्यसँगको दूरीका कारण, प्रत्येक ग्रहको परिक्रमा पूरा गर्ने समय फरक पर्छ । उदाहरणका लागि, बुध ग्रहले सूर्यको परिक्रमा पृथ्वीको ८८ दिनमा पूरा गर्छ भने बरुण ग्रहलाई सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीको १६५ वर्ष लाग्छ ।

सौर्यमण्डलका ग्रहहरूको गतिमा समन्वय

सौर्यमण्डलका ग्रहहरूले एउटै गतिमा सूर्यको परिक्रमा गर्छन्, तर प्रत्येक ग्रहको कक्षमा विभिन्न गति हुने कारण उनीहरूको परिक्रमा पूरा गर्ने समय भिन्न हुन्छ। यस कारणले गर्दा पृथ्वीबाट सबै ग्रहलाई एकैपटक देख्न पाउनु भनेको अत्यन्त दुर्लभ घटना हो ।

१५ वर्षपछि मात्र यस्तो दृश्य हेर्न पाइने

खगोलशास्त्रका अनुसार, यसपछि सौर्यमण्डलका सबै ग्रहहरूको यस्तो परेड फेरि १५ वर्षपछि मात्र देख्न पाइनेछ । आगामी २०४० को दशकमा यस्तो खगोलीय संयोग पुनः आकाशमा देखा पर्नेछ । यस घटनाले खगोलशास्त्रका शौकिनहरू र विज्ञानप्रेमीहरूको ध्यान आकर्षित गरेको छ, र यो सन् २०२३ को सबैभन्दा अविस्मरणीय खगोलीय घटनामा एक मानिन्छ ।

यस घटनाले आकाशलाई एक प्रकारको चमकदार र आकर्षक दृश्यमा परिणत गर्नेछ, र यो एक दुर्लभ मौका हो, जसको लागि लाखौँ मानिस उत्साहित छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय