साइबर सुरक्षाको लागि पासवर्ड व्यवस्थापन र सुरक्षित गर्ने टिप्स

spot_img

काठमाडाैं, १६ फागुन । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सूचना प्रविधि प्रणाली प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण परामर्श जारी गरेको छ। अनलाइन ठगी, डेटा चोरी, फिसिङ आक्रमण र ह्याकिङजस्ता साइबर अपराधहरू बढिरहेका वर्तमान अवस्थामा केन्द्रले साइबर सुरक्षा उपायहरूको अवलम्बन गर्न सुझाव दिएको हो ।

केन्द्रले सूचना प्रविधि प्रणालीलाई सुरक्षित र व्यवस्थित राख्नका लागि पासवर्ड व्यवस्थापन र सुरक्षा उपायहरूको बारेमा नौ वटा महत्वपूर्ण टिप्स दिएका छन्। यी सुझावले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत र सरकारी पासवर्डलाई सुरक्षित राख्न मद्दत पुर्याउनेछ ।

विशेष गरी, पासवर्ड सुरक्षा कसमात्र नभई डेटा सुरक्षा र ह्याकिङको खतरा कम गर्न पनि यी उपायहरू प्रभावकारी हुनेछन् ।

यहाँ केन्द्रले दिएका नौ टिप्स प्रस्तुत गरिएको छ:

पासवर्ड सुरक्षित राख्न कम्तीमा ८ अङ्कको संयोजन (ठूला र साना अक्षर, संख्या, विशेष चिन्ह) राख्नु र तीन महिनामा परिवर्तन गर्नु ।
सजिलै अनुमान गर्न सकिने जानकारी जस्तै नाम, नम्बर, जन्ममिति पासवर्डमा प्रयोग नगर्नु ।
शब्दकोषका शब्दहरूको संयोजन प्रयोग नगर्नु ।
संवेदनशील डेटा पहुँचको लागि मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नु ।
एउटै पासवर्ड धेरै प्लेटफर्ममा प्रयोग नगर्नु ।
डिफल्ट पासवर्ड तत्काल परिवर्तन गर्नु ।
पासवर्ड गोप्य राख्नु र सञ्चार माध्यमबाट सेयर नगर्नु ।
अनधिकृत व्यक्तिसँग पासवर्ड सेयर नगर्नु ।
अफलाइन OTP अथेन्टिकेटर एप्लिकेसन प्रयोग गर्ने ।
यसरी, साइबर अपराधबाट बच्नका लागि यी टिप्सहरूको पालनले सूचना प्रविधिको सुरक्षित उपयोगमा मद्दत पुर्याउने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय