हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु

spot_img

झापा, १८ फागुन । झापामा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ । हल्दिबारी-४ स्थित जलथल जंगलमा हात्तीको आक्रमणबाट ७६ वर्षीया भीम प्रसाद भट्टराईको मृत्यु भएको छ। घटनामा भट्टराईको मृत्यु भएको र उनी जंगलको नजिकै आफ्नो दैनिक कार्यमा रहेका थिए ।

प्रहरीका अनुसार, भट्टराई बिहानको समयमा जलथल जंगलमा घुम्न गएका थिए, जहाँ अचानक एक हात्तीले आक्रमण गरेको थियो ।  हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका  भट्टराईलाई तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो, तर चिकित्सकहरूले मृत घोषित गरेकाे हरीले जनाएको छ । ।

यो घटनाले स्थानीयमा चिन्ता उत्पन्न गराएको छ र वन विभाग र प्रहरीले जंगल क्षेत्रको निरीक्षण तीव्र पारेका छन्। जंगल क्षेत्रमा फैलिएका हात्तीका आक्रमणले अघिल्लो वर्षहरूमा पनि नागरिकलाई हैरानी पार्दै आएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय