spot_img

अब टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

spot_img
spot_img

काठमाडाैं,२० फागुन । टिकटकले आफ्नो भिडिओ अपलोड समयावधि बढाउने निर्णय गर्दै अब ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ।

पहिले १५ सेकेन्डको भिडिओ अपलोड गर्ने सीमाबाट सुरु भएको टिकटकले क्रमशः १ मिनेट, ३ मिनेट, र १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने बनाइसकेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अब टिकटकमा ६० मिनेटसम्मका भिडिओहरू पनि अपलोड गर्न सकिने छ।

हाल टिकटक एपमार्फत खिचिएका भिडिओहरू १० मिनेटसम्म मात्र अपलोड गर्न सकिन्छ। तर, अन्य स्रोतहरूबाट तयार पारिएका भिडिओहरू भने ६० मिनेटसम्म अपलोड गर्न सकिनेछ। यदि यो सुविधा उपलब्ध नभएको खण्डमा टिकटक एप अपडेट गर्नुपर्ने बताइएको छ।

यस निर्णयले टिकटकलाई लामो भिडियो सामग्रीको लागि आकर्षक प्लेटफर्म बनाउन सक्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय