वन्यजन्तुको आक्रमणबाट ८ महिनामा ५ को मृत्यु, ६ घाइते

spot_img

नवलपुर, २१ फागुन । वन्यजन्तुको आक्रमणमा परेर नवलपुरमा चालु आर्थिक वर्षको ८ महिनामा ५ जनाको मृत्यु भएको छ। भने ६ जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्य जन्तुको आक्रमणबाट ८ महिनाको अवधिमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।

८ महिनाको अवधिमा विनयी त्रिवेणी–१ का जीतबहादुर थिंग, कावासोती ७ का शुकबहादुर बोटे, मध्यविन्दु ६ का नाथुराम महतो र देवचुली १ की राममाया सोतीको वन्य जन्तुको आक्रमणबाट मृत्यु भएको हो ।

४ जना मध्ये विनयी त्रिवेणी–१ का थिंग बाघको आक्रमणबाट मृत्यु भएको हो भने अन्य ३ जनाको गैँडाले आक्रमण गर्दा मृत्यु भएको सूचना अधिकारी थापाले बताए ।

गैँडाले आक्रमण गर्दा मध्यविन्दुका सर्वजीत मगर, टिकी कुमाल, कावासोतीका निरन्जन महतो र देवचुलीकी कुमारी आले मगर घाइते भएकाे छ ।

यो अवधिमा डिभिजन वन कार्यलयको सेवा क्षेत्र अर्थात निकुञ्ज र मध्यवर्ती क्षेत्र बाहिर एक जनाको मृत्यु र दुई जना घाइते भएकाे छ ।

डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार गैँडाले आक्रमणण गर्दा दोलखाका कृष्णप्रसाद दाहालको मृत्यु भएको थियो भने गैडाकै आक्रमणबाट दोलखाकै प्रदीप न्यौपाने र गैडाकोटका नेप्टेबहादुर कुमाल घाइते हुनु भएको हो ।

मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा मृत्यु हुने गरेको छ। निकुञ्ज र सामुदायिक वन भित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी नभएकाले मानव वन्यजन्तु द्वन्द बढेको संरक्षणकर्मी बताउछ्न् ।

निकुञ्ज, मध्यवर्ती, डिभिजन वन कार्यालयले वन क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नु पर्ने भए पनि पर्याप्त बजेट अभावका कारण काम हुन नसकेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी थापाले बताए ।

घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको छ। सरोकारवाला निकाय निकुञ्ज, डिभिजन वन तथ मध्यवर्ती उपभोक्ता समितिले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको भए पनि त्यो भने पर्याप्त हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय