किसानको आवाज दवाउने प्रयास भयो भने अर्को बिद्रोह हुने सांसद् चौधरीकाे चेतावनी

spot_img

काठमाडौँ, २७ फागुन । नेकपा एकीकृत समाजवादीका सांसद् मेटमणि चौधरीले किसानको आवाजलाई अन्यायपूर्ण रूपमा दबाउन कोशिस गरिएमा अर्को बिद्रोह हुने चेतावनी दिएका छन् ।

उनले दाङबाट आएका स्वर्गद्वारी गुठीपीडितको आवाजलाई सरकारले दबाउन खोजेको पनि बताए । ‘दाङका स्वर्गद्वारी गुठीपीडित किसान धर्नामा बसेको ३८ दिन भयो । सरकारले सुनेको छैन’ उनले भने ‘यसरी किसानको आवाज दबाउन खोजियो भने अर्को बिद्रोह हुन्छ।’

चौधरीले थारू जाति सोझो जाति भएको सम्झाउँदै ‘अति गरे खति हुने’ पनि सरकारलाई चेतावनी दिए ।

स्वर्गद्वारी गुठीपीडितहरू मोही हक माग गर्दै ३८ दिनदेखि काठमाडौँको माइतीघरमा धर्नारहत रहेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय