spot_img

जगरनाथपुरमा एसइईमा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत गर्ने अध्यक्ष यादवको घोषणा

spot_img
spot_img

बीरगन्ज, २९ फागुन ।पर्साको जगरनाथपुर गाउँपालिकाले यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीहरूलाई विशेष बिदाइ तथा प्रोत्साहन कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययन सामग्री तथा स्वास्थ्य वर्धक उपहार प्रदान गरिएको थियो ।

होली पर्वको अवसर पारेर बुधबार जगरनाथपुर गाउँपालिका–५ स्थित नेरामावि सन्ठीमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले पालिकाका तीन सामुदायिक विद्यालयका १०० विद्यार्थीहरूलाई बिदाइ गर्दै डायरी, कलम तथा च्यवनप्राश वितरण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष यादवले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित छात्रवृत्तिको व्यवस्था गर्ने घोषणा समेत गरेका छन् । उनले विद्यार्थीहरूलाई राम्रो तयारी गरी उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्दै गाउँपालिकाले सधैं शिक्षा क्षेत्रलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, विभिन्न वडाका अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र गाउँपालिकाका कर्मचारीहरू सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

लोकप्रिय