काठमाडौं, १ चैत्र । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दैछ ।

मोर्चामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार पछिल्लो राजनीतिक परिस्थिति जटिल बनेको निष्कर्ष निकाल्दै बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्न लागिएको हो ।
मोर्चाले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत् विरोध कार्यक्रम गर्ने बताएको । जसका लागि हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको प्रकाण्ड बताउँछन् ।
‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौं,’ उनले भनिन्, ‘कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ ।’
उनले संसदवादी दलहरू र संसदीय राजनीतिभन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढंगले छलफल गर्ने निर्णय भएको जानकारी गराइन् ।