धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन घाइते

spot_img

धनगढी, ३ चैत्र । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-६ मटियारीस्थित मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा एक्कासि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा ३६ वर्षीया मिना खड्का, उनकी २० वर्षीया छोरी चन्द्रा खड्का र स्थानीय ग्यास व्यवसायी ४० वर्षीय गोविन्द जोशी घाइते भएका छन्। उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको छ, र अवस्था खतरामुक्त रहेको बताइएको छ।

अनुसन्धानका अनुसार खड्काले जोशीको पसलबाट ग्यास ल्याएर जोड्न उनलाई घरमै बोलाएकी थिइन्। सिलिन्डर जडान गर्ने क्रममा एक्कासि विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय