काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९ : ३० बजे निधन भएको हो ।


सिंहलाई हृदयघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा निधन भएको हो ।
पुनर्जागरण साप्ताहिक पत्रिका प्रकाशन गर्ने बस्नेत राससका पूर्व अध्यक्ष समेत हुन् ।

भक्तपुर निवासी बस्नेत नेपाली कांग्रेसमा आवद्ध थिए। भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले १ बजेसम्म शवलाई श्रदाञ्जलीको लागि राखिएको र त्यसपछि अन्तिम दाहसंस्कार गरिने जानकारी गराए ।
<