spot_img

दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी

spot_img
spot_img

काठमाडौं, १५ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। एलजिबिटिआई समुदायलाई लक्षित गर्दै गलत सूचना फैलाएको र घृणास्पद अभिव्यक्ति दिएको आरोपमा मायाको पहिचान नेपाल संस्थाले उजुरी दर्ता गरेको हो।

उजुरीमा दुर्गा प्रसाईँले सार्वजनिक रूपमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई नकारात्मक रूपमा चित्रण गरेको र समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको झूटा दाबी गरेको उल्लेख छ। संस्थाका कार्यकारी निर्देशक सुनिलबाबु पन्तका अनुसार, प्रसाईँको अभिव्यक्तिले नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान गरेको भन्दै साइबर अपराध ऐनअनुसार कानुनी कारबाहीको माग गरिएको छ।

नेपालको सर्वोच्च अदालतले २००७ मा समलिङ्गी विवाहलाई कानुनी रूपमा मान्यता दिन सरकारलाई निर्देशन दिएको थियो। त्यस्तै, २०२३ जुन २७ मा अदालतले समलिङ्गी विवाह दर्ता गर्न अनुमति दिने अन्तरिम आदेश जारी गरेको थियो। हालसम्म १२ समलिङ्गी दम्पतीहरूले कानुनी रूपमा विवाह दर्ता गरिसकेको छन्।

नेपालको संविधानले पनि एलजिबिटिआई समुदायको अस्तित्व, अधिकार, समान सुरक्षा तथा अवसर सुनिश्चित गर्ने प्रावधान राखेको छ। साइबर ब्युरोले उजुरीको आधारमा प्रारम्भिक छानबिन अघि बढाइसकेको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय