रमजान पर्वको अन्तिम जुम्माकाे अलबदा, मुस्लिम समुदायको विशेष प्रार्थना

spot_img

बीरगन्ज, १५ चैत्र । मुस्लिम समुदायले आज रमजानको अन्तिम जुम्मालाई अलबदा गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो,रमजान । रमजान महिना मुस्लिम समुदायका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।

घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ ।

मुस्लिम समुदायले रमजान पर्वको अन्तिम जुम्मामा बीरगन्ज लगायत देशभरका मस्जिदहरुमा विशेष प्रार्थना गरेका छन् ।रमजान एक महिने धार्मिक पर्व हो, जसमा मुस्लिम धर्मावलम्बीहरू दिनभरि रोजा राखेर अल्लाहको आस्थामा रहन्छन्। रोजा समाप्ति पश्चात गरीब र दुखीलाई दानदक्षिणा दिने परम्पराअनुसार आ–आफ्नो क्षमता अनुसार दानदक्षिण पनि गरिएको बताईएको छ ।

यो पर्व साँझ सूर्य अस्ताएपछि खाना खाएर सम्पन्न गर्नुपर्छ। रमजानको एक महिनाभरि मुस्लिम समुदायले सामाजिक दायित्व र धार्मिक कर्तव्य निर्वाह गर्ने परम्परा कायम राखेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय