spot_img

सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ

spot_img
spot_img

जनकपुर,०२ जेठ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय महाप्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५, रन्जितपुर क्षेत्रमा गरिएको सवारी चेकजाँचका क्रममा उनीहरूलाई १४१ किलो गाँजासहित नियन्त्रणमा लिइएको हो । धरानबाट लहानतर्फ जाँदै गरेको को.१ च २६६७ नम्बरको पिकअप भ्यान रोकेर खानतलासी गर्दा १४ पोका बनाइएको अवस्थामा गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई भ्यानसहित नियन्त्रणमा लिएर जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा विगत आठ महिनादेखि फरार रहेका खडक नगरपालिका–१० का २६ वर्षीय शिवामणि चौधरीलाई पनि प्रहरीले बेल्हा क्षेत्रबाट पक्राउ गरेको छ । उनलाई लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने र गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही वडाका ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय सञ्जय चौधरी रहेका छन् ।

जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय