Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

उदयपुरबाट लिखत सम्बन्धी कसूरमा १ जना पक्राउ

spot_img

उदयपुर, २० चैत्र ।जिल्ला प्रहरी कार्यालय उदयपुरले लिखत सम्बन्धी कसूरमा १ जनालाई पक्राउ गरेकाे छ ।झुठो लिखत बनाएको कसुरमा राजविराज नगरपालिका वडा नं. ३ हनुमान चौक घर भई हाल जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ११ पुरानो गाईघाटमा कोठा भाडा लिई बस्ने बर्ष ३२ को विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेर कार्वाही अघि बढाएको हो ।

मगरले उदयपुर र खोटाङ जिल्लाका केही व्यक्तिहरुलाई मोटरसाईकल, स्कुटरको सवारी दर्ता किताब र बिमा नविकरण गरिदिने आश्वासन दिलाई झुट्टा लिखत बनाएको भनि यस कार्यालयमा जाहेरी दरखास्त परेको थियो । जाहेर दरखास्त दिएको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले निज विवेक थापा मगरलाई गत फागुन २० गते नियन्त्रणमा लिएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा निजले उदयपुर र खोटाङका केही व्यक्तिहरुबाट सवारी दर्ता किताब नविकरण गरिदिने भनी सवारी दर्ता किताब र नगद समेत लिएका थिए । आवश्यक छानविन तथा अनुसन्धानबाट यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, उदयपुरको कार्यालयको सहीछापको झुट्टा लिखत बनाएको खुलेको छ ।

अनुसन्धान कार्य सम्पन्न गरी निजलाई सम्मानित उदयपुर जिल्ला अदालतमा पेश गरेकोमा लिखत सम्बन्धी कसूरमा २०८१ चैत्र १९ गतेको आदेशले निजलाई पुर्पक्षको लागि जिल्ला कारागार उदयपुरको थुनामा राख्न पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय