वीरगंज, २३ चैत – नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल, वीरगंज महानगर समितिले गणतन्त्रको पक्षमा वीरगंजमा र्याली निकालेकाे छ । संघीय लोकतन्त्रमाथि भइरहेको प्रहारको विरोधमा वीरगंजको लालबंगलाबाट सुरु भएकाे र्याली बजारकाे मुख्य भागको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणमा परिणात भएकाे थियाे ।


कोण सभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज मनोज चौधरी, पार्टी महानगर सचिव बृजलाल पासवान, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज सन्जु चौधरी, जयशंकर यादव,सन्दीप कुमार पटेललगायतले सम्बोधन गरेका थिए।
विरोध ¥यालीमा युवा संघका महानगर अध्यक्ष तारकेश्वर चाैवे, उपाध्यक्ष अखलेश गुप्ता, सचिव मधु सिंह राजपूत, सह-सचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल, शनि यादव, रामबाबु मण्डल, रामनरेश मण्डल, पप्पु महतो, सदाम अन्सारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेताहरूले कोण सभामा सम्बोधन गर्दै राजतन्त्र समाप्त भइसकेको र पुनःस्थापना असम्भव रहेकोमा जोड दिएका थिए। लोकतन्त्रमाथि केही मुठ्ठीभर प्रतिगामी शक्तिहरूले आक्रमण गरिरहेको भन्दै लोकतन्त्रको एकमात्र विकल्प लोकतन्त्र नै भएको र सबै लोकतान्त्रिक शक्तिहरू एकमतमा रहेको तर्क प्रस्तुत गरेका थिए।
केन्द्रीय सदस्य मनोज चौधरीले सभालाइ सम्बोधनका क्रममा भने, “राजाले फेरि सक्रियता देखाउने प्रयास गरेमा उनको सुरक्षासमेत हटाइनुका साथै नागरिकता समेत खारेज हुन सक्छ।” उनले मृत घोडालाई घाँस खुवाउने प्रयासको संज्ञा दिँदै राजा गद्दीमा पुनःस्थापनाको कल्पना भ्रम मात्र भएको बताए।