सुनको मूल्यमा घटोत्तरी, चाँदी स्थिर

spot_img

काठमाडौँ, २६ चैत्र । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४०० रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँमा झरेको हो।

यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। सोमबारको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँमै मंगलबार पनि चाँदी स्थिर रह्यो।

सुनचाँदीको मूल्यमा हुने यस्तो हेरफेर अन्तर्राष्ट्रिय बजार, माग तथा आपूर्तिको अवस्थालगायत विभिन्न कारणका आधारमा हुने गर्दछ।

spot_img

ताजा अपडेट

लोकप्रिय