तीनकुने घटनाको अनुसन्धान गर्न आयोग गठन

spot_img

काठमाडौं, २७ चैत । तीनकुनेमा चैत १५ गते भएको राजसंस्था पुनः स्थापनाका लागि आयोजित कार्यक्रममा हिंसा भएको घटनाबारे छानबिन गर्न नागरिक छानबिन आयोग गठन गरिएको छ।

संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार उल्लंघनको अनुसन्धान गर्न आयोग गठन गरेको हो। समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा आयोगको उद्देश्य र सदस्यहरूको विवरण उल्लेख गरिएको छ।

आयोगको नेतृत्व देवेन्द्रलाल नेपालीले गर्नेछन्। यसका सदस्यहरूमा पूर्व एआइजी रविराज थापा, डा. रामप्रसाद उप्रेती, डा. ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन्। आयोगले चैत १५ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न आवश्यक कदम चाल्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय