काठमाडौँ, २८ चैत्र । नेपाली बजारमा सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ हजार ७०० ले बढेर रु १ लाख ८१ हजार १०० कायम भएको छ ।
बुधबार प्रतितोला रु १ लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्यमा यो भारी वृद्धि देखिएको हो ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला रु ६५ ले बढेर रु १ हजार ९०० पुगेको छ । बुधबार चाँदी प्रतितोला रु १ हजार ८३५ मा कारोबार भएको थियो।

