सुनको मूल्य तोलाको १ लाख ८५ हजार

spot_img

काठमाडौँ, २९ चैत्र । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९०० रुपैयाँले वृद्धि हुँदै ऐतिहासिक उच्च बिन्दुमा पुगेको हो।

अघिल्लो दिन तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ९०५ रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा वृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय