काठमाडौं, २९ चैत । प्रहरीले थाइल्यान्डबाट अवैध रुपमा गाँजा ओसारपसार गर्दै काठमाडौं भित्र्याउन खोज्ने तीन जना विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट कुल ३६ किलो गाँजा बरामद गरिएको छ। तीमध्ये दुई जना भारतीय नागरिक रामकुमार (३१) र पडिन्हेर चदिपुरयजेएल (३८) को साथबाट २६ किलो १० ग्राम गाँजा फेला परेको हो। उनीहरू थाई एअरको उडान मार्फत बैंककबाट काठमाडौं आएका थिए।
तेस्रो व्यक्ति, भारतीय नागरिक इर्फान अहमद कासलिपारम्बिल बशिर (२५) को साथबाट १० किलो गाँजा बरामद गरिएको छ। उनी पनि बिहीबार थाई एअरमार्फत काठमाडौं आएका थिए।
प्रहरीले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत ती सबैलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।

