सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, चाँदी पनि महँगियो

spot_img

काठमाडौं, ३१ चैत्र । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ८६ हजार रुपैयाँ पुगेको हो।

शुक्रबारको कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ थियो। निरन्तरको वृद्धिपछि सुनले पुनः मूल्यको नयाँ कीर्तिमान कायम गरेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँमा पुगेको छ।

सुन र चाँदी दुवैको मूल्य वृद्धिले आभूषण व्यवसायीदेखि ग्राहकसम्म सबैलाई असर पारेको देखिन्छ। विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको असर नेपाली बजारमा समेत देखिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय