Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

पेप्सीकोलामा ६० लाख लुटपाट, २० जना पक्राउ, ३० लाख रकम बरामद

spot_img

काठमाडौं, ३१ चैत्र । पेप्सीकोलास्थित टाउन प्लानिङ क्षेत्रमा बुधबार राति भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। लुटिएको रकममध्ये ३० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ९ बजेतिर बौद्ध बसोबास गर्ने रितेश लामाको कारबाट दुई झोलामा रहेको नगद रकम लुटिएको हो। उनले प्रहरीसमक्ष जग्गाको बैना दिन पैसा लिएर गएको बताएका छन्। टाउन प्लानिङ क्षेत्रमा गाडी पार्क गरी व्यक्तिसँग छलफल भइरहेका बेला ८–९ जनाको समूह आएर कारमै रहेका दुई झोला लुटी फरार भएको उनले दाबी गरेका छन्।

लामाले सोही राति काँडाघारी प्रहरी प्रभागमा उजुरी दिएका थिए। घटनाको सीसीटिभी फुटेजबाट लुटपाट पुष्टि भएको र उनी केही दूरीसम्म लुटेराहरूको पिछा गरेको देखिएको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न समूह मोटरसाइकल र स्कुटरमार्फत फरार भएको हो।

प्रहरीले पक्राउ परेकाहरूबाट ३० लाख रुपैयाँ फेला पारेको छ, जसमा २८ लाख ५० हजार एकै झोलाबाट बरामद गरिएको हो। बाँकी रकम साँखु क्षेत्रमा लगेर बाँडफाँड गरिएको जानकारी प्रहरीलाई दिइएको छ।

चाखलाग्दो पक्ष के छ भने, प्रारम्भिक उजुरीमा लामा ६० लाख रुपैयाँ लुटिएको बताएका थिए, तर पछि ७६ लाख रुपैयाँ नगद रहेको दाबी गरेका छन्। प्रहरीले उक्त रकमको स्रोतबारे पनि अनुसन्धान अघि बढाएको छ। यति ठूलो नगद बोकेर हिंड्नुको कारण र यसको वैधानिकता समेत प्रहरीको छानबिनको दायरामा परेको छ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय