मधेशमा सिरुवा पावनीको पर्वमा सार्वजनिक विदा

spot_img

जनकपुर,३१ चैत । पूर्वी तराईका राजवंशी, ताजपुरिया र गनगाई समुदायको सबैभन्दा ठूलो पर्व सिरुवा पावनीका अवसरमा मधेस प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ।

मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त दिन विदा दिने निर्णय भएको जानकारी दिएको हो।

सिरुवा पावनी पूर्वी तराई, मधेसका झापा, मोरङ लगायतका जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया र गनगाईको सबैभन्दा ठूलो पर्व हो।

यो पर्व १५ दिनसम्म लगातार मनाइन्छ । वर्षभरि अन्न राम्रो फलोस्, बाढी, रोग, पशुचौपायाले दुःख नदेओस् भन्ने कामना गर्दै सुनबर्सी महाराजको पूजा गर्ने गरिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय