spot_img

पूर्वमन्त्री सोनलद्वारा बाराकाे फेटामा सामुदायिक धर्मशालाको शिलान्यास

spot_img
spot_img

बारा,०१ बैशाख । नयाँ वर्ष २०८२ को अवसर पारेर बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणीस्थित बाउलीमा सामुदायिक धर्मशालाको शिलान्यास गरिएको छ। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयद्वारा विनियोजित २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने उक्त धर्मशालाको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल रहनु भएको थियो। कार्यक्रमको अवसरमा बोल्दै सोनलले धर्मशालाको निर्माणले धार्मिक तथा सामाजिक क्रियाकलापहरूमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

उहाले प्रदेश सरकारले बजेट विनियोजन गरेर स्थानीय पूर्वाधार विकासमा जोड दिएको र चालु आर्थिक वर्षभित्रै धर्मशालाको निर्माण कार्य सम्पन्न हुने बताए।

शिलान्यास कार्यक्रममा लोसपा फेटा गाउँपालिकाका वडाध्यक्ष पदका प्रत्याशी मदन साह, फेटा–१ का पूर्व वडाध्यक्ष जयप्रकाश दास, मुकेश साह, बाबुलाल कुशवाहा, अजय साह, रामसुन्दर ठाकुर, शम्भु बैठा, महेन्द्र दास, गणेश दासलगायत स्थानिय नेता तथा समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो।

स्थानीय समुदायले धर्मशालाको निर्माणले यात्रु र श्रद्धालुहरूलाई सुविधा दिने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय