काठमाडौं, ३ वैशाख । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः उकालो लागेको छ। आज एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ।
यो मूल्य हालसम्मकै उच्च हो। यसअघि सोमबार सुनको भाउ १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मको उच्चतम मूल्य मानिन्थ्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँ पुगेको छ।

