सुपर ओभरको थ्रिलर जित्दै दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

spot_img

काठमाडौं,०४ वैशाख ।  बुधबार रातिको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराउँदै आईपीएल २०२५ को अंक तालिकाको शिखरमा स्थान बनाएको छ। १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा पुगेको थियो।

राजस्थानले ब्याटिङ गर्दै सुरु गरेको सुपर ओभरमा १२ रन मात्र बनायो। सिम्रन हटमायरले चौका प्रहार गरे पनि, रियान पराग र यशस्वी जयसवाल दुबै रन आउट भएपछि स्कोर सीमित भयो। दिल्लीका लागि मिचेल स्टार्कले चतुर बलिङ गरे।

जवाफमा दिल्लीका लोकेश राहुलले सुरुवाती तीन बलमै ७ रन बटुले। त्यसपछि क्रिजमा आएका ट्रिस्टियन स्टब्सले चौथो बलमा नै शानदार छक्का प्रहार गर्दै दिल्लीको जित सुनिश्चित गरे।

दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। अभिषेक पोरले ४९ रन बनाए भने कप्तान अक्षर पटेलले आक्रामक ३४ रन (१४ बलमा) जोड्दै टिमलाई सशक्त अन्त्य दिलाए। बलिङमा पनि अक्षरले ३ ओभरमा २३ रन दिँदै एक विकेट लिए।

राजस्थानका लागि यशस्वी जयसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। सामसन १९ बलमा ३१ रन बनाएर रिटायर्ड हर्ट भए भने जयसवालले ३७ बलमा ५१ रन जोड्न सफल भए। नितिश रानाले पनि आक्रामक ५१ रन (२८ बलमा) बनाए तर अन्तिम ओभरमा चाहिएको रन बनाउन असफल रहँदा खेल बराबरीमा पुग्यो।

spot_img

ताजा अपडेट

लोकप्रिय