काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतले झापामा पक्राउ परेका भुटानी शरणार्थीहरूलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले चार शरणार्थीमध्ये एकजनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि यस्तो अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चको आदेशले उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको छ। यद्यपि आदेशको पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन।
झापामा पक्राउ परेका यी चार शरणार्थीलाई भुटान फर्काउने तयारी भइरहेका बेला सर्वोच्चको यो आदेशले उनीहरूको भविष्यप्रति नयाँ बहस खडा गरेको छ।

