आईपीएलमा आज बेंगलुरु र पञ्जाबको रोमाञ्चक भिडन्त

spot_img

काठमाडौं,०५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज शुक्रबार साँझ एउटा मात्रै खेल हुँदैछ, तर यो खेल एकदमै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) र पञ्जाब किङ्स (PBKS) आज आमनेसामने हुँदै छन्।

खेल बेलुकी ७:४५ बजे बेंगलुरुको घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा हुनेछ।

दुवै टोलीको प्रदर्शन अहिले सम्म बराबरीको छ — ६ खेलमा ४ जित र २ हार, अनि ८ अंक। नेट रनरेटको आधारमा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन्।

बेंगलुरुका लागि आजको खेल थप महत्वपूर्ण छ, किनकि उनीहरूले आफ्नो घरेलु मैदानमा अहिलेसम्म जित निकाल्न सकेका छैनन्। आज हार भएमा उनीहरूको लागि घरेलु मैदानमा लगातार तेस्रो हार हुनेछ।

त्यसैगरी, पञ्जाबका लागि पनि आजको खेल जितेर शीर्ष स्थानमा उक्लिने मौका छ। यद्यपि, दिल्ली क्यापिटल्सको १० अंक पार गर्न पञ्जाबले सानदार अन्तरले जित्नु पर्नेछ।

खास कुरा के छ भने, यी दुवै टोली अहिलेसम्म एकपटक पनि आईपीएल उपाधि जित्न सकेका छैनन्, तर यस सिजन उनीहरू राम्रो लयमा देखिएका छन्। यसपालिको आईपीएलमा शीर्ष स्थानमा धेरैजसो उपाधिविहीन टिमहरू देखिँदा, नयाँ विजेताको सम्भावना बलियो देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय