भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै

spot_img

काठमाडौं, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी वैशाख ९ र १० गते (२२–२३ अप्रिल) साउदी अरबको औपचारिक भ्रमणमा जाने भएका छन्।

शनिबार सार्वजनिक गरिएको भारतीय विदेश मन्त्रालयको विज्ञप्ति अनुसार मोदीले साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको औपचारिक निमन्त्रणामा उक्त भ्रमण गर्न लागेका हुन्।

यसअघि मोदीले सन् २०१६ र २०१९ मा दुई पटक साउदी अरब भ्रमण गरिसकेका छन्। सन् २०२३ को सेप्टेम्बरमा भारतमा आयोजित G-20 सम्मेलनका क्रममा साउदी क्राउन प्रिन्सले पुनः भ्रमणको निम्तो दिएका थिए।

हालसम्म भ्रमणका विशिष्ट एजेण्डा सार्वजनिक गरिएको छैन। तर अनुमान गरिएअनुसार रक्षा, व्यापार, लगानी, शिक्षा र स्वास्थ्य लगायतका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारत र साउदी अरबबीच सामाजिक, साँस्कृतिक तथा व्यापारिक सम्बन्धको लामो इतिहास रहँदै आएको छ। विदेश मन्त्रालयले विज्ञप्तिमा दुई मुलुकबीच घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गरेको छ।

मोदीको भ्रमणले दुई देशबीचको रणनीतिक सहकार्यलाई थप गहिरो बनाउन मद्दत गर्ने भारतीय कूटनीतिज्ञहरू विश्वास गर्छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय