Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

वर्षाले रोक्यो नेपालको सपना, अफगानिस्तान पुग्यो यू–१९ विश्वकपमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ वैशाख । वर्षाले नेपाललाई यू–१९ विश्वकपको यात्रा रोकिदिएको छ। काठमाडौंमा शनिबार अफगानिस्तानसँग हुने तय भएको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि रनरेटको आधारमा अफगानिस्तान यू–१९ विश्वकप २०२६ का लागि छनोट भएको हो।

- Advertisement -

नेपाल र अफगानिस्तान दुवैले प्रतियोगितामा तीन खेल जितेर समान अंक बनाएका थिए। तर अफगानिस्तानको श्रेष्ठ रनरेट का कारण उनीहरू विजयी घोषित भए।

शनिबार बिहान ९ बजेबाट नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल तय गरिएको थियो। तर बिहानैदेखि परेको अविरल वर्षाका कारण त्रिवि क्रिकेट मैदान खेल्न अयोग्य बनेपछि खेल सुरु हुन सकेन।

- Advertisement -

दिउँसो वर्षा रोकिएपछि आयोजकले मैदान सुकाएर खेल गराउने प्रयास गरे पनि दिउँसो २ बजेसम्मको प्रयास असफल भएपछि खेल अन्ततः रद्द गरियो।

नेपालले यस प्रतियोगितामा यूएई, ओमान र हङकङलाई हराउँदै शानदार प्रदर्शन गरेको थियो। अफगानिस्तानले पनि यिनै टोलीमाथि जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको थियो।

यसपटक आईसीसीले एसिया क्षेत्रबाट मात्र एक टोलीलाई विश्वकपमा प्रवेश दिने व्यवस्था गरेको हुँदा शीर्ष स्थानको टिम मात्रै छनोट हुन सक्थ्यो।

नेपालले सन् २०२४ मा दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा भाग लिँदै अफगानिस्तानमाथि शानदार जित निकालेको थियो। तर यसपटक वर्षाले नेपालका युवाको अर्को विश्वकप यात्रा रोकिदिएको छ।

ताजा समाचार

spot_img

थप समाचार