Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज–मानवसेवा आश्रमबीच...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

वर्षाले रोक्यो नेपालको सपना, अफगानिस्तान पुग्यो यू–१९ विश्वकपमा

spot_img

काठमाडौं,०६ वैशाख । वर्षाले नेपाललाई यू–१९ विश्वकपको यात्रा रोकिदिएको छ। काठमाडौंमा शनिबार अफगानिस्तानसँग हुने तय भएको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि रनरेटको आधारमा अफगानिस्तान यू–१९ विश्वकप २०२६ का लागि छनोट भएको हो।

नेपाल र अफगानिस्तान दुवैले प्रतियोगितामा तीन खेल जितेर समान अंक बनाएका थिए। तर अफगानिस्तानको श्रेष्ठ रनरेट का कारण उनीहरू विजयी घोषित भए।

शनिबार बिहान ९ बजेबाट नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल तय गरिएको थियो। तर बिहानैदेखि परेको अविरल वर्षाका कारण त्रिवि क्रिकेट मैदान खेल्न अयोग्य बनेपछि खेल सुरु हुन सकेन।

दिउँसो वर्षा रोकिएपछि आयोजकले मैदान सुकाएर खेल गराउने प्रयास गरे पनि दिउँसो २ बजेसम्मको प्रयास असफल भएपछि खेल अन्ततः रद्द गरियो।

नेपालले यस प्रतियोगितामा यूएई, ओमान र हङकङलाई हराउँदै शानदार प्रदर्शन गरेको थियो। अफगानिस्तानले पनि यिनै टोलीमाथि जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको थियो।

यसपटक आईसीसीले एसिया क्षेत्रबाट मात्र एक टोलीलाई विश्वकपमा प्रवेश दिने व्यवस्था गरेको हुँदा शीर्ष स्थानको टिम मात्रै छनोट हुन सक्थ्यो।

नेपालले सन् २०२४ मा दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा भाग लिँदै अफगानिस्तानमाथि शानदार जित निकालेको थियो। तर यसपटक वर्षाले नेपालका युवाको अर्को विश्वकप यात्रा रोकिदिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय