सुनचाँदीको मूल्य स्थिर

spot_img

काठमाडौँ, ७ वैशाख । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोकिएको दरमै सुनचाँदी आइतबार पनि कारोबार भइरहेको छ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य १ लाख ८९ हजार २५० रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

लगातार उकालो लाग्दै आएको सुनको मूल्य पछिल्ला दिनमा स्थिर रहनुले बजारमा केही सन्तुलन देखिएको बताइन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय