राप्रपा नेताको गिरफ्तारीविरुद्ध काठमाडौंमा नाराबाजी

spot_img

काठमाडौं, ७ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीद्वारा नियन्त्रणमा लिएपछि कार्यकर्ताले काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।

सिंहदरबार परिसरबाट पक्राउ गरिएका लिङ्देन र शाहीलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ। उनीहरूले माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन पाएका छैनन्।

यद्यपि, राप्रपाका कार्यकर्ता माइतीघरतर्फ अघि बढ्दै “हाम्रा नेता रिहा गर”, “हिन्दु राज्य कायम गर” जस्ता नाराहरू लगाउँदै प्रदर्शन गरिरहेका छन्।

राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन र त्यससँग सम्बन्धित नेताहरूको रिहाईको माग राख्दै प्रदर्शनको आयोजना गरेको हो। पार्टी अध्यक्ष लिङ्देन, प्रमुख सचेतक शाही, र अन्य नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहँदा प्रहरीले उनीहरूलाई बाहिरिन नदिई पम्प्लेट खोसेर नियन्त्रणमा लिएको थियो।

सांसद दीपक सिंहले प्रहरीले गैरकानुनी रूपमा दमन गरेको आरोप लगाउँदै घटनाको विरोध जनाएका छन्। उनका अनुसार, प्रहरीको यस्तो व्यवहार लोकतान्त्रिक अधिकारमाथिको खुला हमला हो।

spot_img

ताजा अपडेट

लोकप्रिय