सुनको मूल्यले तोड्यो कीर्तिमान, तोलाको १ लाख ९१ हजार रुपैयाँ

spot_img

काठमाडौँ, ८ वैशाख । नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यसयता सानोतिनो घटबढ भए पनि सोमबार आइपुग्दा मूल्यले अहिलेसम्मकै उच्च बिन्दु छोएको हो।

आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। त्यसको तुलनामा सोमबार १२०० रुपैयाँको वृद्धि भएको हो।

उता, चाँदीको मूल्य भने स्थिर देखिएको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि उही रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय