Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

गुजरात टाइटन्सको कोलकातामाथि ३९ रनको सानदार जित

spot_img

काठमाडौं,०९ वैशाख । इन्डियन प्रिमियर लिग (IPL) मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ। सोमबार इडेन गार्डेन्समा भएको यो खेलसँगै गुजरातले लिगको छैटौं जित हात पार्दै ८ खेलमा १२ अंक बनाएको छ।

पहिले ब्याटिङ गर्दै गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा १९८ रनको चुनौतीपूर्ण योगफल तयार गर्‍यो। ओपनर शुभमन गिलले आक्रामक ९० रन बनाए भने साइ सुदर्शनले ५२ रनको अर्धशतकिय योगदान दिए। जस बट्लर ४१ रनमा अविजित रहे। कोलकाताका आन्द्रे रसल, वैभव अरोरा र हर्षित रानाले समान १-१ विकेट लिए।

१९९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको कोलकाताको सुरुवात कमजोर रह्यो। कप्तान अजिन्क्या रहानेले ५० रन बनाए पनि टोलीलाई जितको नजिक लैजान सकेनन्। अंगकृश रघुवंशीले अविजित २७ रन तथा आन्द्रे रसलले २१ रन जोडे। तर, निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै कोलकाता १५९ रनमै रोकियो।

गुजरातका बलरहरू चम्किए—प्रसिध कृष्णा र राशिद खानले २-२ विकेट लिए भने मोहम्मद सिराज, इशान्त शर्मा, साइ किशोर र वासिङटन सुन्दरले १-१ विकेट झारे।

यो जितसँगै गुजरात शीर्ष स्थानमा यथावत् रहेको छ भने ८ खेलमा ६ अंकसहित कोलकाता सातौं स्थानमा छ।

spot_img

ताजा अपडेट

लोकप्रिय