राजस्थानलाई हराउँदै बैङ्गलोर आईपीएल तालिकाको तेस्रो स्थानमा उक्लियो

spot_img

काठमाडौं,१२ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैङ्गलोरले शानदार प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ। बिहीबार राति बैङ्गलोरको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा घरेलु टोलीले २०६ रनको विशाल लक्ष्य दिएकाे थियो, जसको जवाफमा राजस्थान ९ विकेटको क्षतिमा १९४ रनमै सीमित रह्यो।

राजस्थानका लागि यशस्वी जैसवालले ४९ रन बनाए भने बाँकी खेलाडीहरू उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ बैङ्गलोरका जोश हजिलउडले घातक स्पेल फाल्दै ४ विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि टस हारेर ब्याटिङका लागि मैदान उत्रिएको बैङ्गलोरले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। कप्तान विराट कोहलीले उत्कृष्ट ७० रन बनाए भने देवदत्त पडिकलले ५० रनको अर्धशतकिय योगदान दिए।

राजस्थानका सन्दीप शर्माले २ विकेट लिए पनि बैङ्गलोरको ब्याटिङ आक्रमण रोक्न सकेनन्।

यो जितसँगै बैङ्गलोरले ९ खेलमध्ये ६ जित निकाल्दै १२ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अर्कोतर्फ राजस्थान भने निराशाजनक प्रदर्शन गर्दै ९ खेलमा केवल २ जित निकाल्न सफल भएको छ र तालिकाको आठौं स्थानमा छ, उसको खाता मात्र ४ अंकमा सीमित छ।

आईपीएलको प्लेअफ समीकरणमा शीर्ष चार टोलीको स्थान महत्वपूर्ण हुने हुँदा बैङ्गलोरको यो जित प्लेअफ यात्रा नजिक बनाउने संकेत हो।

spot_img

ताजा अपडेट

लोकप्रिय