spot_img

बारामा भीषण हावाहुरी र असिनापानीले एकको मृत्यु, करोडौंको क्षति

spot_img
spot_img

सिम्रौनगढ,१५ बैशाख । बाराको सिम्रौनगढ क्षेत्रमा राति आएको भीषण हावाहुरी, असिना र वर्षाले ठुलो जनधनको क्षति गरेको छ। प्राकृतिक प्रकोपका कारण एक महिलाको ज्यान गएको छ भने करोडौं रुपैयाँ बराबरको कृषि बालीमा क्षति पुगेको छ।

सिम्रौनगढ नगरपालिका–१ स्थित खजानी टोलकी ५० वर्षीया मनतुरा देवीको चट्याङ पर्दा हृदयघात भई मृत्यु भएको स्थानीयले बताएका छन्। घटनाको समयमा भीषण हावाहुरी, असिना र वर्षा भइरहेको थियो।

प्रकोपले खजानी, झवानी, नैकाटोला, अमृतगन्ज, जानकीनगर, बैरिया, हरिहरपुर, गङ्गानगर, सतुवाही, अमरपुर, कमलपुर, इटवाल, कनकपुर, देवापुर, टेटा, पर्सा र सिम्रौनगढ बजार क्षेत्रका किसानको मकै, काउली, टमाटर, करेला, लौका, भिन्डी लगायतका बाली नष्ट भएका छन्।

साथै, आँप, केरा र फूल खेतीमा पनि ठूलो क्षति पुगेको छ। हावाहुरीले घरका छानाहरू उडाएको र रुखहरू ढालेको स्थानीयहरूले जनाएका छन्। सबैभन्दा बढी क्षति खजानी क्षेत्रमा भएको बताइएको छ, जहाँ किसानहरू ठूलो चिन्तामा परेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय