भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

spot_img

काठमाडौँ,१६ वैशाख ।  भारतको मध्य प्रदेश राज्यमा गम्भीर सवारी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका छन्। प्रहरीले दिएको जानकारीअनुसार मन्दसौर क्षेत्रमा एक गाडी इनारमा खस्दा यो दुर्घटना भएको हो।

दुर्घटना पीडितहरू मन्दिर दर्शनका लागि जाँदै गर्दा भएको बताइएको छ। गाडीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो, त्यसपछि चालकले नियन्त्रण गुमाउँदा सवारी साधन इनारमा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक व्यक्त गरेका छन्। साथै, उनले मृतकका परिवारलाई जनही २ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय