आरसिबी आइपिएलको शीर्ष स्थानमा

spot_img

काठमाडाैं,२१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको शिखरमा स्थान बनाएको छ। शनिबार बेंगलुरुको एम. चिन्नास्वामी रंगशालामा भएको खेलमा आरसिबीले चेन्नई सुपर किंग्सलाई दुई रनले पराजित गर्‍यो।

बेंगलुरुको यो सिजनको आठौं जित हो। ११ खेलमा १६ अंक बटुल्दै टोली प्लेअफको दौडमा बलियो दाबेदार बनेको छ।

अर्कातर्फ, चेन्नई सुपर किंग्सको प्रदर्शन लगातार कमजोर बन्दै गएको छ। यो हार उसलाई सिजनको नवौं हार बनेको छ। ११ खेलबाट मात्र चार अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ। चेन्नईले पछिल्ला चारवटै खेल हार्दै संकट गहिर्याउँदै लगेको छ।

खेलमा आरसिबीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २१३ रन बनायो। टस जितेर पहिले ब्याटिङ गरेको बेंगलुरुका लागि रोमारियो शेफर्डले १४ बलमा अर्धशतक बनाउँदै विस्फोटक ५८ रन जोडे। उनले ६ छक्का र ४ चौका प्रहार गरे। विराट कोहलीले ६२ रन र ज्याकब बेथेलले ५५ रनको योगदान दिए।

२१४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको चेन्नई २० ओभरमा ५ विकेट गुमाएर २११ रनमै रोकियो। आयुष म्हात्रेले ४८ बलमा ९४ रन र रवीन्द्र जडेजाले ४५ बलमा अविजित ७७ रन बनाए पनि अन्य ब्याटरहरूको साथ अभावमा टिमले जित हासिल गर्न सकेन।

आरसिबीका लागि लुंगी एन्गिडीले तीन विकेट लिएर बलिङतर्फको कमान सम्हाले। चेन्नईका लागि मथिशा पाथिरानाले तीन विकेट लिएका थिए।

आजको लागि आइपिएलमा दुई रोमाञ्चक खेलहरू तय छन् — दिउँसोको पहिलो खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् भने साँझको खेलमा पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्स आमनेसामने हुनेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय