ट्रम्पको आदेशमा ‘विश्वकै खतरनाक’ जेल अल्काट्राज फेरि खुल्ने

spot_img

काठमाडौं,२२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कुख्यात अल्काट्राज जेल पुनः सञ्चालनमा ल्याउन आदेश दिएका छन्। उनले “क्रूर र हिंस्रक अपराधीहरू” लाई नियन्त्रणमा ल्याउन यो कदम आवश्यक भएको बताएका छन्।

आइतबार आफ्नो सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै ट्रम्पले भने, “धेरै समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराध गर्ने व्यक्तिहरूको चपेटामा परेको छ। अब ती अपराधीहरूको ठाउँ अल्काट्राज हुनेछ।”

उनले अल्काट्राजलाई “कानुन, व्यवस्था र न्यायको प्रतीक” का रूपमा परिभाषित गर्दै यसलाई पुनः सञ्चालनमा ल्याउनु आवश्यक भएको उल्लेख गरेका छन्।

सान फ्रान्सिस्कोको तटसँगै रहेको टापुमा अवस्थित अल्काट्राज जेल सन् १९६३ मा बन्द गरिएको थियो। विश्वकै सबैभन्दा सुरक्षित र खतरनाक जेल मानिने यो कारागार अहिले पर्यटकीय गन्तव्यका रूपमा सञ्चालन भइरहेको छ।

ट्रम्पको यो निर्णयप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले यसलाई कठोर अपराध नियन्त्रणको सन्देश भनेका छन् भने अन्यले यसलाई अधिकार हननतर्फ उन्मुख कदमका रूपमा व्याख्या गरेका छन्।

अल्काट्राज पुनः सञ्चालन कहिलेबाट सुरु हुन्छ भन्नेबारे भने अमेरिकी प्रशासनले आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय