क्रिकेटर आदिल अन्सारीमाथि लगाइएको प्रतिबन्ध हट्यो, राष्ट्रिय टिममा सहभागी हुन बाटो खुल्यो

spot_img

काठमाडौँ,२२ वैशाख । स्पट फिक्सिङको आरोपमा निलम्बनमा परेका क्रिकेटर मोहम्मद आदिल अन्सारीमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध हटाएको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार वैशाख २१ गतेदेखि उक्त प्रतिबन्ध फुकुवा गरिएको हो।

क्यानको इन्टेग्रिटी कमिटीको प्रतिवेदनको आधारमा गरिएको निर्णयसँगै अब आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी हुन सक्ने भएका छन्।

आदिलमाथि २०७९ साल पुसमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोप लागेपछि एन्टी–करप्सन कोड अनुसार प्रतिबन्ध लगाइएको थियो। तर, काठमाडौं जिल्ला अदालतले २०८० चैतमा सो आरोपमा उनको संलग्नता पुष्टि नहुने भन्दै उनलाई सफाइ दिएको थियो। अदालतको फैसलापछि क्यानले प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

आदिलसँगै सो प्रकरणमा मुछिएका पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमसहित पाँच जनालाई पनि अदालतले सफाइ दिएको थियो।

क्रिकेट करियरमा पुनः फर्किन पाएका आदिलका लागि यो निर्णय महत्वपूर्ण अवसर बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय