Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

रेशम चौधरीको गिरफ्तारीले लोकतन्त्रमा गहिरो प्रश्न उठायो : रञ्जिता श्रेष्ठ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ बैशाख । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लाग्न पुगेको बताएकी छ्न् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक जना कर्मचारीको कमजोरीका कारणले कसैले दुःख पाउने विषय कम विश्वसनियत रहेको बताए । ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन । संघीयता, समावेशिता र लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ’, उनले भनिन् ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।

आफूहरू सत्तापक्षमै रहेको उल्लेख गर्दै उनले जो जहाँ भएपनि प्रश्न गर्न पाउनु नै लोकतन्त्र रहेको बताए । प्रश्न गरेकै आधारमा नभएर तथ्यका आधारमा व्यवहार हुनुपर्ने उनको आग्रह छ ।

नाउपा अध्यक्ष श्रेष्ठले रेशम चौधरी पक्राउको विषयमा सार्वजनिक रुपमै जवाफ दिन समेत सरकारसँग माग गरेकी छन् । ‘वैशाख १७ गतेको घटनाको निश्पक्ष छानबिन होस् । सरकारले जवाफ देओस्’, उनले भनिन् ।

ताजा समाचार

थप समाचार