spot_img

राजविराजमा ५० वर्षदेखि अतिक्रमित सरकारी जग्गा खाली गराउन ७ दिने अल्टिमेटम

spot_img
spot_img

राजविराज,३१ वैशाख । सप्तरीको राजविराजमा करिब पाँच दशकदेखि व्यक्तिको कब्जामा रहेको सरकारी जग्गा खाली गराउन नगरपालिकाले प्रक्रिया अघि बढाएको छ। राजविराज नगरपालिका ले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो।

उक्त जग्गा कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी को नाममा रहेको बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच महिनाअघि नै सरकारी जग्गा संरक्षण गर्न सम्बन्धित निकायलाई पत्राचार गरेपछि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।

नगरपालिकाका अनुसार राजविराज–६ स्थित सरकारी जग्गामध्ये करिब २ कठ्ठा १४ धुर क्षेत्रमा उज्जवल झासहित केही व्यक्तिले पक्की घर तथा सटर निर्माण गरेर प्रयोग गर्दै आएका छन्। ती संरचना भाडामा समेत लगाइएको जनाइएको छ।

गत सोमबार बसेको नगर कार्यपालिकाको बैठकले अतिक्रमण हटाउने निर्णय गरेपछि नगरपालिकाले सात दिने सूचना जारी गरेको हो। तोकिएको समयभित्र जग्गा खाली नगरे नगरपालिकाले आफैं हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यसअघि अतिक्रमित संरचना जोगाउन उच्च अदालत जनकपुरको राजविराज इजलासमा रिट दायर गरिएको थियो। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कानुनअनुसारको कारबाही रोक्न नमिल्ने आदेश दिएको छ।

सरकारी अभिलेखअनुसार उक्त क्षेत्रमा कालेनिकाको नाममा ६ कठ्ठा ६ धुर जग्गा रहेको छ। अहिले त्यसको केही भाग लामो समयदेखि अतिक्रमणमा परेको विषय पुनः चर्चामा आएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय