बलिउडमा फेरि यौन दुर्व्यवहारको बहस चर्कियो

spot_img

काठमाडाै,२३ वैशाख । बलिउड अभिनेता एजाज खानविरुद्ध बलात्कारको उजुरी दर्ता भएपछि उनी फरार भएका छन्। एक महिलाले करियर बनाउने लोभ देखाएर विश्वासमा लिइ जबर्जस्ती सम्बन्ध बनाएको र विवाहको झूटो आश्वासन दिएको आरोप लगाएकी छन्।

पीडित महिलाको भनाइअनुसार, एजाजले छायांकनको बहानामा आफूलाई निजी रूपमा नजिकिएर सम्बन्ध स्थापना गरे र विवाहको कुरा गरेर भावनात्मक रुपमा शोषण गरे। तर पछि उनलाई धोका दिइयो।

भारतीय दण्ड संहिताअन्तर्गत बलात्कार (धारा ३७६), जबर्जस्ती सम्बन्ध, मानसिक र शारीरिक शोषण तथा विवाहको झुटो वाचा जस्ता गम्भीर आरोपमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। अहिले मुम्बई प्रहरी उनको खोजीमा लागेको छ र चाँडै पक्राउ पर्ने विश्वास व्यक्त गरिएको छ।

घटनासँगै अभिनेता एजाज खान संलग्न ‘हाउस अरेस्ट’ नामक शोको एक क्लिप पनि भाइरल भएको छ, जसमा देखिएको व्यवहारप्रति महिला अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय महिला आयोगले घटनाको स्वतन्त्र छानबिनको माग गर्दै शोमाथि प्रतिबन्ध लगाउन समेत आग्रह गरेको छ।

यस घटनाले फेरि एकपटक बलिउडमा महिलामाथिको यौन शोषण, पावर मिस्ट्यूस, र कलाकारिता क्षेत्रमा कार्यरत महिलाहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। विगत केही वर्षयता यस्ता घटनाहरू क्रमशः बढ्दै गएको सन्दर्भमा एजाजमाथिको आरोपले समस्या झनै चर्किएको देखिन्छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय