Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

चेन्नईसँग हारपछि कलकताको आईपीएल यात्रा संकटमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ वैशाख । गत राति चेन्नई सुपर किंग्ससँगको रोमाञ्चक खेलमा दुई विकेटले पराजित भएपछि कोलकाता नाइट राइडर्स (KKR) को यस सिजनको आईपीएल यात्रा लगभग समाप्त भएको छ। अंकतालिकामा छैटौँ स्थानमा रहेको कोलकताका लागि गणितीय रूपमा प्लेअफ पुग्ने संभावना बाँकी भए पनि व्यवहारमा त्यो अब अत्यन्तै कठिन देखिन्छ।

- Advertisement -

इडेन गार्डेनमा आयोजित खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १७९ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो। कप्तान अजिंक्य रहाणेले सर्वाधिक ४८ रन जोडे भने आन्द्रे रसेलले २१ बलमा ३८ रनको आक्रमक इनिङ्स खेले। मनिस पाण्डे २६ रनमा अविजित रहे। चेन्नईका लागि नुर अहमद चम्किए, जसले चार ओभरमा ३१ रन खर्चिँदै चार विकेट झारे।

जवाफमा चेन्नईले सुरुवातमा ६० रनमै पाँच विकेट गुमाएर संकटमा परेको थियो। तर, डेवाल्ड ब्रेभिसले २५ बलमा विस्फोटक ५१ रन प्रहार गर्दै टोलीलाई खेलमा फर्काए। उर्भिल पटेलले ११ बलमा ३१ रन र शिवं दुबेले ४५ रन बनाएपछि चेन्नईले अन्ततः दुई बल बाँकी छँदा ८ विकेटको क्षतिमा १८३ रन बनाउँदै जित दर्ता गर्‍यो।

- Advertisement -

कोलकाताका लागि बलिङतर्फ वैभव आरोहाले तीन विकेट लिए पनि महँगो सावित भए — उनले तीन ओभरमा ४८ रन खर्चिए। वरुण चक्रवर्तीले भने चार ओभरमा १८ रन खर्ची दुई विकेट लिएर सन्तुलित प्रदर्शन गरे।

१२ खेलबाट ११ अंकसहित छैटौँ स्थानमा रहेको कोलकाताले बाँकी खेलहरू जिते पनि अन्य नतिजाहरू अनुकूल नआएमा उनीहरूको प्लेअफ यात्रा यहीं टुंगिन सक्छ। यसअघि नै प्रतियोगिताबाट बाहिरिएको चेन्नई ६ अंकसहित तालिकाको पुछारमा छ।

ताजा समाचार

spot_img

थप समाचार