चीनमाथि १४५ प्रतिशत भन्सार महसुल कायम नै रहने ट्रम्पको घोषणा

spot_img

काठमाडाैं,२५ वैशाख । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने अधिकांश वस्तुहरूमा लगाइएको १४५ प्रतिशत भन्सार महसुल तत्कालका लागि कायम रहने स्पष्ट संकेत दिएका छन्। स्विट्जरल्यान्डमा हुन लागेको अमेरिका–चीन व्यापार वार्ताको पूर्वसन्ध्यामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

ट्रम्पले वाशिंगटनमा आयोजित कार्यक्रममा बोल्दै भने, “हामीले हरेक वर्ष १० खर्ब अमेरिकी डलर गुमाइरहेका थियौं। तर अहिले हामीले केही पनि गुमाइरहेका छैनौं — मैले त्यसरी नै हेर्छु।” उनले चीनसँगको व्यापार घाटालाई अब झेल्न नसकिने बताउँदै भन्सार महसुल हटाउने कुनै विचार नभएको प्रस्ट पारे।

यसअघि चिनियाँ पक्षले अमेरिका नै वार्ता थाल्न चाहेको दाबी गरे पनि ट्रम्पले त्यसलाई खारेज गर्दै भने, “उनीहरूले चाहिँ हामीले पहल गरेको भने, तर मलाई लाग्छ उनीहरूले आफ्नो फाइल फेरि एकपटक हेर्नुपर्छ।”

ट्रम्पका यस्ता कडा टिप्पणीसँगै अमेरिकी सेयर बजारमा केही गिरावट आएको छ। लगानीकर्ता र विश्लेषकहरूबीच अनिश्चितता बढेका कारण बजारमा असर देखिएको हो।

दुवै मुलुकबीच पछिल्लो केही महिनायता व्यापारिक सम्बन्ध निकै चिसिएको छ। मार्चदेखि भन्सार महसुल युद्ध सुरु भएपछि व्यापार लगभग ठप्प छ। तर यो साता उच्च तहमा हुन लागेको वार्ता पहिलो औपचारिक सम्वादको चरण बन्ने अपेक्षा गरिएको छ।

यता अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलले यो वार्ताले अमेरिकी अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्ने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय