Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेप्से १२ अंकले घट्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ बैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो । बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ ।

- Advertisement -

वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ ।

बिहीबार कुल ३ सय १५ धितोपत्रको १ लाख ३ हजार ३ सय १९ कारोबारबाट ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन बुधबार कारोबार रकम १० अर्ब ५१ करोड बराबर भएको थियो ।

- Advertisement -

आज बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी कम्पनीको मूल्य क्रमशः २२३४.२० र २८४७ रुपैयाँ पुगेको छ ।

यसबाहेक छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स, आईसीएफसी फाइनान्सको मूल्य पनि धेरैले बढेको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकताले गुमाए । यस धितोपत्रको मूल्य ४.१५ प्रतिशतले घटेको छ ।

यसबाहेक ग्रिन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, बुटवल पावर कम्पनीको मूल्य समेत धेरैले घटेको छ । बिहीबार ङ्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

ताजा समाचार

spot_img

थप समाचार